arrow

दार्चुलामा जीपहरुको नयाँ भाडा दर कायम, टिकट अनिवार्य

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७९ भदौ १७ शुक्रबार
darchula-bus-park.jpg

दार्चुला । दार्चुलामा छोटो दूरीका सवारीसाधनहरूको नयाँ भाडा दर निर्धारण गरिएको छ । जिल्लाका विभिन्न रुटहरूमा सञ्चालित सवारी साधनहरूको नयाँ भाडा दर निर्धारण गरिएको हो । 

जीप व्यवसायीले यात्रुबाट बढी भाडा असुल्ने गरेको गुनासो बढेपछि जीप व्यवसायीको छलफलपछि भाडा दर निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

यहाँका दार्चुला-गोकुलेश्वर सडक खण्ड, गोकुलेश्वर-लटिनाथ, खलंगा-दल्लेख, होपरीगाड सडक खण्ड, खलंगा-उकु, सलेती र खलंगा-हिकिला सडक खण्डमा सञ्चालनमा रहेका जीपहरुको भाडा दर कायम गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घाराज उपाध्यायले बताए । 

पक्की सडकमा प्रतिकिलोमिटर अधिकतम ७ रुपैयाँ र कच्ची सडकखण्डहरुमा प्रतिकिलोमिटर १५ रुपैयाँका दरले भाडा निर्धारण गरिएको छ । 

पक्की सडकअन्तर्गतको खलङ्गादेखि धापसम्मको ६० रुपैयाँ, खलंगा-दत्तु १०० रुपैयाँ, खलंगा-मेलखेत १५०, खलंगा-पस्ति २२५, खलंगा-ऐरीछना २५०, खलंगा-मालिकार्जुन ३००, खलंगा-गोकुलेश्वर ४५० रुपैयाँ र गोकुलेश्वर-बलाँच १०० रुपैयाँ भाडा तोकिएको छ । यस्तै कच्ची सडकखण्डको  लटिनाथ-मकरीगाड २५०, गोकुलेश्वर-धुलिगडा (पक्की) २५०, धुलिगडा-होपरीगाड १५०, होपरीगाड-दल्लेख १५०, खलंगा काँटै ७५, खलंगा सेला १००, खलंगा-झुस्कु १२०, खलंगा-दल्लेख २५०, खलंगा -जौलजिवी २५०, खलंगा-सलेती ३५०, गोकुलेश्वर-रिठाचौपाता ३५० र खलंगा-हिकिला (चल्लेगाडा) २५० रुपैयाँ तोकिएको छ । 

यस्तै अब छोटी दूरीका सवारीसाधनले पनि यात्रुलाई टिकट अनिवार्य दिनुपर्ने र रुटअनुसार तोकिएको भाडा दर यात्रुले देख्ने गरी टाँस गर्नुपर्ने भएको छ । यसको अनुगमनसमेत गरिने जनाइएको छ । नयाँ भाडा दर शुक्रवारदेखि नै लागू हुनेछ ।

No description available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ