arrow

ललिता निवास प्रकरणमा चोलेन्द्रले भने- आफ्नो नाताभित्र पर्ने व्यक्तिले मुद्दा हेर्न नमिल्ने भएर पछि सर्‍यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १७ शुक्रबार
cholendra-shamsher-jabara-2079-05-16.jpg

काठमाडौं । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले महाअभियोग सिफारिस समितिको बैठकमा बयान दिने क्रम जारी छ । विहीवार दोस्रो दिनको वयानका क्रममा समितिका सदस्य मीन विश्वकर्माले निलम्बित प्रधानन्यायाधीश राणालाई ललिता निवास प्रकरणमा प्रश्न गरेका थिए । 

समितिका सदस्य विश्वकर्माको ‘ललिता निवासको जग्गाको मुद्दामा बारम्बार किन न्यायाधीश परिवर्तन गर्नुभयो ? यत्रो ठूलो मुद्दामा लापर्बाही गर्नु त्रुटि होइन ?’ भनि प्रश्न गरेका थिए । 

प्रश्नको जवाफ दिदै प्रधानन्यायाधीश राणाले गत कात्तिक १५ गते फैसला सुनाउने तयारी गरेको र सोही विषयलाई लिएर आफूलाई महाअभियोग लगाएको दावी गरे। 

 'अदालतमा आन्दोलन कात्तिक ७ गतेबाट सुरु भयो, त्यस्ले गर्दा कात्तिक १५ गते फैसला सुनाउने काम हुन सकेन', उनले थपे, 'आफ्नो नाताभित्र पर्ने व्यक्तिले मुद्दा हेर्न नमिल्ने भएर पछि सर्‍यो, मैले लम्व्याएको होइन, फैसला सुनाउने भन्दाभन्दै महाअभियोगको कुरा आयो ।'

 निलम्बित प्रधानन्यायाधीश राणाको समितिमा बयान दिने काम सकिएको छैन । मात्र प्रश्न सोधिएको छ । थप बयान यही भदौ १९ गते हुनेछ ।। राणाविरुद्ध गत फागुन १ मा प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेको थियो । 

निलम्बित प्रधानन्यायाधीश राणाले पटक पटक आफूलाई महाअभियोग लगाउनुपर्ने कुनै आधार र कारण नभएको बताउदै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ