पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयकप्रति आपत्ति
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १७ शुक्रबार
991
Shares
पोखरा । नेपाल भेटेरिनरी एशोसिएसनले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक संशोधनका लागि पटकपटक राखेको जायज मागहरुलाई सम्बोधन नगरी विधेयक पारित गरिएकोप्रति आपत्ति जनाएको छ ।
श्रावण ३१ गते प्रतिनिधिसभामा धेरै सत्तापक्ष तथा प्रतिपक्ष दलका माननीयहरुले राखेका सुझावहरुलाईसमेत बेवास्ता गरी विधेयक पारित गरेको जनाइएको छ ।
एशोसिएशनका अध्यक्ष डा. केदार राज पाण्डे र सचिव डा राजेश कुमार चौधरीले विज्ञप्ति प्रकाशित गरी पशु स्वास्थ्य जस्तो गम्भीर विषयमा विज्ञ र प्राविधिकबीच सामान्य भिन्नतासमेत नदेखिने गरी विवादित विषयहरु संबोधन नगरी, परिभाषाहरुमा द्वैध अर्थ लाग्ने शब्दहरु राखी विधेयक पारित गरिएको भन्दै आपत्ति जनाइएको छ ।
विज्ञप्तिमार्फत संघीयता लागु हुँदा हरेक पालिकामा पशु चिकित्सक, पशु विकास अधिकृत, वरिष्ठ पशु चिकित्सक वा वरिष्ठ पशु विकास अधिकृतको दरबन्दी भएका पालिकाहरुमा यथाशीघ्र उक्त पदका लागि योग्य कर्मचारीको माग खुलाउन ध्यानाकर्षण गराउँदै माग सम्बोधन नभएमा जुनसुकै कदम चाल्ने चेतावनी दिइएको छ ।