- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कारागारमा रहेका नेता अफताव आलमलाई सांसदको उम्मेद्वार नबनाउने बताएका छन् ।
शुक्रबार एक कार्यक्रममा महामन्त्री थापाले क्षेत्रले सिफारिस गरे पनि आलम सांसद उम्मेद्वार नबन्नेमा ढुक्क रहन आग्रह गरे ।
आलम उम्मेद्वार सिफारिस भएसंगै सामाजिक सञ्जालमा कांग्रेसको आलोचना भएको थियो । यस विषयमा आफ्नो र पार्टीको ध्यानाकर्षण्ण भएको उनले बताए ।
मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशीद्धारा लिखित पुस्तक ‘बाआमा’ सार्वजनिक कार्यक्रममा साहित्यकार नयनराज पाण्डेले भनेका थिए, “इटाभट्टामा मान्छे जलाएको अभियोग लागेकालाई कांग्रेसले उम्मेद्वार बनाउँदै छ । यसका बारेमा हामीले कथा लेख्ने दिन आउँदैछ ।”
जवाफमा सोही कार्यक्रममा रहेका महामन्त्री थापाले आलमलाई उम्मेद्वार नबनाउने स्पष्ट पारेका हुन् ।