arrow

केन्याविरुद्ध नेपालको शानदार जित, आशिफको शतक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १७ शुक्रबार
aasif-sheikh-mom-nepal-kenya.jpeg

काठमाडौं । नेपालले केन्याविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा शानदार जित निकालेको छ । केन्याको नैरोवी स्थित जिमखाना क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले घरेलु टोलीलाई ७ विकेटले हराएको हो ।

केन्याले दिएको २ सय १९ रनको लक्ष्य नेपालले ४७ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । नेपाललाई जिताउन आसिफ शेखले शतक तथा अर्जुन साउदले अर्धशतक बनाए । रोहित पौडेलको कप्तानीमा खेलेको नेपालका लागि आसिफले १ सय २० बलमा १२ चौका र २ छक्का प्रहार गर्र्दै १ सय १० रन बनाए । 

यस्तै अर्जुनले ६१, ज्ञानेन्द्र मल्लले २४, दीपेन्द्र सिंह ऐरीले अविजित १५ तथा  रन जोड्दा रोहित पौडेलले अविजित ३ रन बनाए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको केन्याले ४८ ओभर १ बलमा अलआउट हुँदै २ सय १८ रन बनाएको थियो । रकिप पटेलले ६७ तथा कोलिन्स ओबुयाले ६२ रन बनाए । नेपालका लागि सोमपाल कामी र करण केसीले समान ३–३ विकेट लिए ।

यो जितसँगै नेपालले ३ खेलको श्रृंखलामा १–० ले अग्रता लिएको छ । दोस्रो खेल शनिबार हुनेछ ।  नेपालले यसअघि केन्या विरुद्धको पाँच खेलको टी–२० श्रृंखलामा ३–२ को जित निकालेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ