arrow

एक खेल अगाडि नै नेपालले जित्यो केन्या विरुद्धको एक दिवसीय श्रृंखला 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १८ शनिबार
nepal-cricket-2022.jpg
तस्बिर – फाइल ।

काठमाडौं । एक खेल खेल्न बाँकी छँदै नेपालले केन्या विरुद्धको एक दिवसीय क्रिकेट श्रृंखला जितेको छ । नेपालले दोस्रो खेलमा केन्यालाई पराजित गरेसँगै एक खेल खेल्न बाँकी छँदै श्रृंखला २–० ले जितेको हो । 

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा शनिबार नेपालले केन्यालाई १७ रनले हराएको हो । पहिलो एक दिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो ।

अब नेपालले घरेलु टोली विरुद्धको तेस्रो एकदिवसीय खेल सोमबार खेल्नेछ । यो खेल जिते नेपालले क्लिनस्वीप गर्नेछ । 

नेपालले दिएको २ सय ३१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको केन्याले ४६ ओभर ३ बलमा अलआउट हुँदै २ सय १३ रन बनाउन सक्यो । केन्याका लागि रकिप पटेलले ८१ रन बनाए । नेपालका दीपेन्द्र सिंह ऐरीले ४ तथा सोमपाल कामीले ३ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै २ सय ३० रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले ७८ रनको अर्धशतकीय इनिङ्स खेले । रोहितले ९५ बलमा ७ चौका प्रहार गरे ।

यस्तै देव खनालले ३७ रन जोड्दा सोमपाल कामीले २६ रन बनाए ।

नेपालले यस घि केन्या विरुद्धको पाँच खेलको टी–२० श्रृंखला ३–२ ले जितेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ