arrow

मुस्ताङ उडेको विमान दुर्घटना हुनबाट बच्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १९ आइतबार
summit-air-nepal.jpg

काठमाडौं । पोखरा विमानस्थलबाट मुस्ताङ उडेको समिट एयरको विमान सात मिनेटमै आकस्मिक अवतरण गरेको छ । 

पोखराबाट मुस्ताङ जाँदै गरेको विमानमा गडबडी आएपछि उडेको सात मिनेटमा पुनः पोखरा विमानस्थलमै अवतरण गरिएको हो।

विमान उडेपछि पाइलटले केही गडबडी महसुस गरेका थिए । 

इण्डिकेशनमा समस्या आएको विमानलाई पाइलटले सिङ्गल इन्जिनबाट सकुशल अवतरण गराए । 

विमानमा १८ यात्रु सवार थिए।  सबै यात्रुहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

गत वैशाखमा तारा एयरको विमान मुस्ताङमा खराब मौसमका कारण दुर्घटनाग्रस्त भएको थियो । सो घटनामा २२ जनाको ज्यान गएको थियो । 



नयाँ