arrow

डाँका र प्रहरीबीच दोहोरो भिडन्त

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १९ आइतबार
arrest1.jpg

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका २३ भलुहीमा प्रहरी र डाँकाबीच भएको दोहोरो भिडन्त भएको छ । मध्यराति करिब १२ः०५ बजे एरोटेक प्रालिमा दोहरो भिडन्त भएको हो । 

बाराको जितपुरसिमरा उपमहानगरपालिका २३ भलुहीमा रहेको एरोटेक प्रालि कम्पनीमा डाँकाहरुको समूहले लुटपाट गरिरहेको सूचना पाएलगतै घटना स्थलमा प्रहरी पुगेको थियो । करिब २० जनाको समूहमा आएका डाँकाहरुले उद्योग भित्र लुटपाट गरिरहेका बेला प्रहरी र डाकाबीच दोहोरो भिडन्त भएको हो ।

भिडन्तमा डाँकाले एक राउन्ड र प्रहरीले तीन राउन्ड गोली चलाएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । डाँकाले चार राउन्ट फायर गरे पनि ३ राउन्ट नपड्केको र एक राउन्ट पड्केको थियो ।

प्रहरीले दोहोरो भिडन्तको क्रममा कटुवा पेस्तोल १ थान, एकनाले बन्दुक १ थान र गोली ३ थानसहित २ जना डाकालाई पक्राउ गरेको छ । प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका ९ छातापिपरा बस्ने जयराम पासवान र वडा नम्बर १० बलुवाबेहरा बस्ने जवाहिर महतोलाई पक्राउ गरेको बाराका प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए ।

दोहोरो भिडन्तको क्रममा वरिष्ठ प्रहरी नायव निरिक्षक (सई) कलाम शाही घाइते भएका छन् । डाँका पक्रने क्रममा डाकाले प्रहार गरेको रडबाट शाही घाइते भएका हुन् । 

घाइते वरिष्ठ प्रहरी नायव निरीक्षक शाहीको वीरगञ्ज हेल्थ केयरमा उपचार भइरहेको जील्ला प्रहरी कार्यालय बाराले जनाएको छ । यता दोहरो भिडन्तमा घाइते एक जना डाँकाको अलपाइन अस्पताल सिमरामा उपचार भइरहेको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ