देशको विकास र समृद्धिको प्रमुख आधार शिक्षा : प्रचण्ड (भिडियो)
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २० सोमबार
2.2k
Shares
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको विकास र समृद्धिको प्रमुख आधार शिक्षा नै रहेको बताएका छन् । उनले विकासशील देशले मात्र नभई विकसित देशहरुले पनि शिक्षालाई जीवन उपयोगी बनाउन उच्च प्राथमिकता दिने बताए ।
सोमबार महोत्तरीको खैरमारामा निर्मल लामा बहुप्राविधिक शिक्षालयको शिलान्यास गर्दै प्रचण्डले शिक्षालाई सभ्यतासँग जोडेर लैजानुपर्नेमा समेत जोड दिए । उनले भने, "प्रायः विकसित र अल्पविकसित देशको पनि विकास र समृद्धिको प्रमुख आधार शिक्षा नै हुने गर्छ । हामी जस्तो विकासशील देशको मात्र कुरा होइन् , अत्यन्तै विकासित देशहरुले पनि आज शिक्षालाई कसरी जीवन उपयोगी बनाउने, शिक्षालाई कसरी एउटा सभ्यतासँग जोडेर लैजाने भन्ने गर्दछन् । र, उनीहरुले शिक्षालाई उच्च प्राथमिकता दिने गर्दछन् ।"
अध्यक्ष प्रचण्डले नेपालको शिक्षा उत्पादन, श्रम र सु–संस्कृत समाज निर्माण गर्ने प्रक्रियासँगको सम्बन्धको कारण अत्यन्तै महत्वपूर्ण रहेको दाबी गरे । उनले यस प्राविधिक विद्यालयले मधेश प्रदेशको मात्र नभई सम्रग देशलाई नै सन्देश दिने विश्वास व्यक्त गरे ।।