arrow

प्रतिनिधि सभाको बैठक बस्दै, संसद्को कार्यकाल लम्ब्याउने प्रस्ताव फिर्ता लिइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २१ मंगलबार
parliament-2079-03-02-deuba.jpg

काठमाडौं । सरकारले संसद्को कार्यकाल लम्ब्याउने प्रस्ताव फिर्ता लिने भएको छ । 

आज बस्ने बस्ने प्रतिनिधिसभा बैठकमा सङ्घीय संसद सचिवालयले ३ वटा सम्भावित कार्यसूची तयार पारेको छ । 

कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले संसद्को कार्यकाल लम्ब्याउने विधेयक नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ माथिको दफावार छलफलको प्रस्ताव पेस गर्नेछन् ।
 
प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनमन्त्री कार्यकाल लम्ब्याउने प्रावधान फिर्ता लिन निर्देशन दिएपछि आइतबार सत्तारूढ दलका सांसदले संशोधन हालेका थिए । सांसद गगन थापा र अतहर कमाल मुसलमानका पनि फरक फरक संशोधन  छन् ।

 बैठक दिउँसो १ बजेको लागी बोलाइएको छ । 



नयाँ