arrow

ग्लोबल आइएमई बैङ्कको २७३औँ एटिएम बुटवलको देवीनगरमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २१ मंगलबार
global-ime-butwal-atm.jpg

काठमाडौँ। ग्लोबल आइएमई बैङ्क लिमिटेड देवीनगर शाखाले आफ्नो शाखा परिसरमा दोस्रो एटिएम सेवा सञ्चालनमा ल्याएको छ। नयाँ एटिएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैङ्कको एटिएम सङ्ख्या २७३ पुगेको छ। उक्त एटिएम सेवाको उद्घाटन बुटवल उपमहानगरपालिका–११ देवीनगरका वडाध्यक्ष रामचन्द्र क्षेत्री तथा बैकका लुम्बिनी प्रदेश प्रमुख रबी श्रेष्ठले संयुक्त रूपमा गरेका छन्।

एटिएम सेवा उद्घाटन गर्दै वडा अध्यक्ष क्षेत्रीले बुटवल उपमहानगरपालिकाकै सबैभन्दा ठूलो वडामा रहेको बैकको एटिएमले सेवाग्राहीलाई धेरै सुविधा पुर्‍याउने बताएका थिए। कार्यक्रममा स्थानीय तथा बैङ्कका कर्मचारीहरूको ठूलो उपस्थिति रहेको थियो।

मुलुकका सतहत्तरै जिल्लामा २८९ शाखा रहेको नेपालको पहिलो निजी क्षेत्रको बैङ्कले २७३ एटिएम, २७५ शाखा रहित बैङ्किङ सेवा, ५२ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढी सेवा केन्द्रबाट ३० लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ।

त्यसै गरी बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ