arrow

राप्रपाद्वारा केन्द्रीय उपाध्यक्ष हेमजंगसहित २३ जनाकाे नाम सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २१ मंगलबार
RPA.jpg

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीले कास्की १ बाट प्रत्यक्षमा १३ र समानुपातिकमा १० जनासहित २३ उम्मेद्वार सिफारिस गरेको छ । 

जसमा प्रतिनिधि सभातर्फ पाँच जना, प्रदेशसभा (क) मा ५ र (ख) मा ३ जनाको नाम उल्लेख छ भने समानुपातिकतर्फ प्रतिनिधिसभामा दुई जना र प्रदेशसभामा आठ जनाको नाम सिफारिव भएको राप्रपा कास्कीले बताएको छ । 

प्रत्यक्ष प्रतिनिधिसभातर्फ कास्की १ मा राप्रपाको तर्फबाट सिफारिस हुनेमा राप्रपाका केन्द्रीय उपाध्यक्ष हेमजंग गुरुंगसँगै देऊबहादुर गुरुंग, बाबुराम थापा, कृष्णप्रसाद रेग्मी र शालिकराम घिमिरे छन् । 

राप्रपा केन्द्रीय उपाध्यक्षसमेत रहेका हेमजंग लमजुंगका भए पनि कास्की १ बाट सिफारिस भएका हुन् । 

यस्तै, प्रत्यक्षतर्फ कास्की १ (क) मा सन्तोष घिमिरे, प्रकाश सापकोटा, हरिबहादुर घर्ती क्षेत्री, हरिप्रसाद धमला र रमेशराज पौडेल छन् । प्रदेश (ख) मा भने सूर्यबहादुर गुरुंग, सन्दीप कुँवर र सचिन थापा छन् ।

यसैगरि समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि कास्की १ बाट भीमसेन गुरुंग र बलराम तिवारीको नाम सिफारिस भएको छ । 

प्रदेशतर्फ भने राप्रपाका कास्की जिल्ला अध्यक्षसमेत रहेका नारायण गुरुंग, शहिद क्षेत्रबहादुर केसीकी धर्मपत्नी सुनिता केसी, अन्य नेताहरु विष्णुप्रसाद पोखरेल, नारायणप्रसाद सुवेदी, झविन्द्रराज आचार्य, अमृतबहादुर कार्की, गीता गुरुंग र लिलामोहन कुँईकेलको नाम सिफारिस भएको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ