arrow

साफ महिला च्याम्पियनशिपमा नेपालको शानदार शुरुआत, भुटान ४–० ले पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २१ मंगलबार
saff-2022-nepal-bhutan.jpg

काठमाडौं । साफ महिला च्याम्पियनशिप फुटबलमा नेपालले सुखद शुरुआत गरेको छ । मंगलबार बेलुकी दशरथ रंगशालामा सम्पन्न भएको उद्घाटन खेलमा भुटानलाई ४–० ले पराजित गर्दै नेपालले सुखद शुरुआत गरेको हो ।

नेपालका लागि सावित्रा भण्डारी र अनिता बस्नेतले समान २–२ गोल गरे । सावित्राले खेलको १२औं र ६८औं मिनेटमा गोल गर्दा अनिताले ५३औं र ८५औं मिनेटमा गोल गरे । 

यसै खेलबाट मिडफिल्डर दिपा शाही र फरवार्ड अमिषा कार्कीले राष्ट्रिय महिला फुटबल टिममा डेब्यु गरेका छन् । दिपा र अमिषाले यू–१९ टोलीबाट भने खेलिसकेका छन् ।

दिपा उपमेयर कपमा सर्वोत्कृष्ट खेलाडी बनेकी थिइन् । दुवै खेलाडी विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट खेल्ने गर्छन् । 

पहिलो जितसँगै समूह ‘ए’ मा रहेको नेपालले तीन अङ्क जोडेको छ । नेपालले अब भदौ २७ गते सोमबार श्रीलङ्कासँग खेल्नेछ । 



नयाँ