arrow

सदनबाट मिडिया काउन्सिल विधेयक पारित गरिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २२ बुधबार
parliament.png

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा नेपाल मिडिया काउन्सिल विधेयक पारित हुने सम्भावना रहेको छ । 

सभाको आजको बैठकमा राष्ट्रिय सभाको सन्देशसहित प्राप्त ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

त्यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विधेयकमाथि दफावार छलफल सदनमा गरियोस् भन्न प्रस्ताव गर्नेछन् । छलफलपछि प्राप्त संशोधनहरूलाई निर्माणार्थ प्रस्तुत गरिनेछ ।

आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ