arrow

सन्दीप र किशोरी होटलमा रहेको सीसीटीभी फुटेजमा देखियो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २३ बिहिबार
sandip.jpg

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि नावालिका किशोरी बलात्कारको आरोप लागेसँगै प्रहरीले अनुसन्धान प्रक्रियालाई तीव्रता दिएको छ । बलात्कारसम्बन्धी उजुरीमाथि प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले संयुक्त रूपमा अनुसन्धानमा जुटेका छन् । लामिछानेमाथि १७ वर्षीय एक नवबालिकामाथि बलात्कार गरेको आरोपमा बुधवार प्रहरी वृत्त गौशालामा उजुरी दर्ता भएको थियो । 

प्रहरीले उजुरीमा उल्लेख गरिएको होटलका सीसीटीभी फुटेजको समेत अनुसन्धान गरेको छ । प्रहरीले किशोरीको स्वास्थ्य जाँच गरी घटना भएको भनिएको होटेलको प्रमाण सङ्कलनको प्रक्रिया अघि बढाएको छ। बुधबार प्रहरीले काठमाडौं इन होटलको ‘सीसीटीभी फुटेज’ सङ्कलन गरेको छ। किशोरीले दाबी गरेकै समयमा दुवै जना होटेलभित्र प्रवेश गरेको र बिहान ६ बजे बाहिरिएको देखिएको छ। होटल व्यवस्थापनले सन्दीप नियमित ग्राहक भएको प्रहरीलाई बताएको छ । 

उजुरीमा स्याङ्जाको आरुचौर गाउँपालिका स्थायी घर भएर काठमाडौं बुढानीलकण्ठ बस्ने किशोरीलाई लामिछानेले भदौ ५ गते काठमाडौं र भक्तपुरका विभिन्न होटलमा पीडितलाई लगेको उल्लेख छ। होटलमा लगेर भदौ ६ गते राति पटक–पटक बलात्कार गरेको उजुरीमा उल्लेख गरिएको छ। दुवै जना सिनामंगलको शम्भु मार्गस्थित ‘काठमाडौं इन’ होटेलमा गएका थिए। त्यहाँ कोठा नम्बर ३०५ मा बसेको ती किशोरीले उजुरीमा दिएकी छन्। नशाको अवस्थामा आफूलाई सन्दीपले पटक पटक बलात्कार गरेको किशोरीको आरोप छ। 

लामिछानेविरुद्ध उजुरी दर्ता भएपछि पीडितलाई एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (वान डोर क्राइसिस म्यानेजमेन्ट सेन्टर) मा लगेर स्वास्थ्य परीक्षण गराएको प्रहरीले बताएको छ। 

सन्दीपले ती किशोरीलाई पुरानो बानेश्वरबाट आफ्नै गाडीमा राखेर नगरकोट पुर्‍याएको र त्यहाँ आफू सधैंजसो जाने रिसोर्टमा राति ११ बजेसम्म बसेको देखिएको प्रहरी अनुसन्धानमा खुलेको छ । त्यसपछि त्यहाँबाट सिनामंगल बास बसेर बिहान फेरि ६ बजे होटलबाट बाहिरिएका थिए ।

सन् २०१६ देखि नेपाली राष्ट्रिय टोलीमा खेल्दै आएका लामिछाने चर्चित इन्डियन प्रिमियर लिग, बिग बास लिग जस्ता अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेल्दै आएका छन् । सन्दीप हाल क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेस्टइन्डिजमा छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ