arrow

एकैदिन उपत्यकामा ३५ सय चालक कारबाहीमा  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २३ बिहिबार
traffic-checking.jpg

काठमाडौं । ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार ४९६  जना चालकहरूलाई बुधबार काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारबाही गरेको छ । 

कारवाबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने २७५ जना, हर्नको अनावश्यक प्रयोग गर्ने १९५ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने १३४ जना, ढोका खुल्लै राखेर सवारी चलाउने १३४ जना र मदिरा पिएर सवारी साधन चलाउने १२९ जना सवारी चालक रहेका छन् । 

अवस्था ठीक नभएका सवारी साधन चलाउने ११६ जना, लेन उल्लङ्घन गर्ने १११ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ७३ जना, तीव्र गतिमा सवारी साधन चलाउने ६५ जना र क्षमता भन्दा बढी यात्रु राख्ने ५२ जना चालक पनि कारबाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ