arrow

सीपीएलबाट बिदा लिएर सन्दीप  फर्किने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २४ शुक्रबार
sandip.jpg

काठमाडौं । बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने नेपाल फर्कने भएका छन् । उनले आफू नेपाल केही दिनमा फर्कने बताएका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा उनले क्यारेबियन प्रिमियर लिग (सीपीएल) बाट बिदा लिएर केही दिनमा नेपाल फर्किने बताएका छन् । साथै आफूमाथि लागेका सबै आरोप आधारहीन रहेको बताएका छन् । 

लामिछानेले लेखेका छन् ,‘म निर्दोष छु र नेपालको सम्मानित कानुनप्रति पूर्ण विश्वास राख्दछु । मैले सीपीएलबाट बिदा भएर केही दिनमा नेपाल फर्किने निर्णय गरेको छु । सबै आरोपहरूको सामना गर्न म तयार छु ।’

लामिछानेमाथि १७ वर्षीय एक नवबालिकामाथि बलात्कार गरेको आरोपमा बुधवार प्रहरी वृत्त गौशालामा उजुरी दर्ता भएको थियो । प्रहरीले उजुरीमा उल्लेख गरिएको होटलका सीसीटीभी फुटेजको समेत अनुसन्धान गरेको छ ।

प्रहरीले काठमाडौं इन होटलको ‘सीसीटीभी फुटेज’ मा किशोरीले दाबी गरेकै समयमा दुवै जना होटेलभित्र प्रवेश गरेको र बिहान ६ बजे बाहिरिएको देखिएको छ। होटल व्यवस्थापनले सन्दीप नियमित ग्राहक भएको प्रहरीलाई बताएको छ । 

उजुरीमा स्याङ्जाको आरुचौर गाउँपालिका स्थायी घर भएर काठमाडौं बुढानीलकण्ठ बस्ने किशोरीलाई लामिछानेले भदौ ५ गते काठमाडौं र भक्तपुरका विभिन्न होटलमा पीडितलाई लगेको उल्लेख छ। होटलमा लगेर भदौ ६ गते राति पटक–पटक बलात्कार गरेको उजुरीमा उल्लेख गरिएको छ। 

दुवै जना सिनामंगलको शम्भु मार्गस्थित ‘काठमाडौं इन’ होटेलमा गएका थिए। त्यहाँ कोठा नम्बर ३०५ मा बसेको ती किशोरीले उजुरीमा दिएकी छन्। नशाको अवस्थामा आफूलाई सन्दीपले पटक पटक बलात्कार गरेको किशोरीको आरोप छ। 

सन्दीप हाल सीपीएल खेल्न वेस्टइन्डिजमा छन्। 



नयाँ