राष्ट्रपतिलाई यताउता गर्ने अधिकार छैन, प्रधानमन्त्रीको नाम लैजाने मुडमा गठबन्धन छैन : प्रचण्ड
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २४ शुक्रबार
1.8k
Shares
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरणमा राष्ट्रपतिलाई यताउता गर्ने अधिकार अधिकार संविधानले नदिएको बताएका छन् । पोखरा पुगेका प्रचण्डले भने,' दुबै सदनले पास गरेर दोस्रो पटक राष्ट्रपतिकोमा पठाएको छ, अब राष्ट्रपतिलाई यताउता गर्ने अधिकार संविधानले दिएको छैन ।’
“संविधानले राष्ट्रपतिलाई एक पटक यस्ता विधेयकहरूमा आफूलाई केही चित्त बुझेन भने फेरि एक चोटि हेर भनेर पठाउने अधिकार दिएकै छ तर, दोस्रो पटक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पास गरेर पठाई सकेपछि अब यताउता गर्ने अधिकार संविधानले कसैलाई दिएको छैन, राष्ट्रपतिलाई पनि !”
परक प्रसङ्गमा प्रचण्डले प्रधानमन्त्री पद आफ्नो प्राथमिकतामा नरहेको बताए उनले भने,'अहिले हामीले प्रधानमन्त्रीको कुनै चर्चा गरेका पनि छैनौँ र अहिले अगाडी नै प्रधानमन्त्री फलानो भनेर लैजाने मुडमा गठबन्धन छैन, म पनि छैन ।'
उनले आफू चितवनबाटै निर्वाचन लड्ने कुरा आज पनि दोहोराएका छन् । चितवनका जनताको भरोसाका कारण त्यहीबाट निर्वाचन जित्नेमा आफू पूर्ण विश्वस्त रहेको प्रचण्डको भनाई छ ।
गठबन्धनमा सिट बाँडफाँटमा ठुलो असहमति नरहेको उल्लेख गर्दै आज भोलि नै शीर्ष नेताहरूको बैठकले सहमति जुटाउने दाबी गरे ।