- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाल रेमिट्यान्सको भरमा चल्दै आएको छ । देशभित्रै रोजगारी वृद्धि गरेर युवाहरुलाई रोजगारमुलक बनाउने बताउँदै आएको वर्षौं भइसकेको छ । सरकारको नेतृत्व परिवर्तन हुन्छ । एजेन्डा उही हुन्छ । तर योजना कहिल्यै बन्दैन ।
चुनावी नारा पनि त्यसरी नै बनाइन्छन् । खासमा नेपालमा पछिल्लो १४ वर्षमा वैदेशिक रोजगारीमा जानेहरुबाट ८४.६६ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । वैदेशिक रोजगार विभागका अनुसार यो रेमिट्यान्स वैधानिक बाटोबाट नेपाल भित्रिएको मात्र हो ।
बितेको १४ वर्षमा नेपालमा सबैभन्दा बढी रेमिट्यान्स गत आर्थिक वर्ष २०७८–७९ मा भित्रिएको छ । सो वर्ष ९ खर्ब ८६ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको विभागले जनाएको छ ।
विभागका अनुसार विभिन्न देशबाट आर्थिक वर्ष २०६५–६६ मा २ खर्ब ९ अर्ब ७ करोड रुपैयाँ, २०६६–६७ मा २ खर्ब ३१ करोड ७ करोड रुपैयाँ, २०६७–६८ मा २ खर्ब ५३ अर्ब ६ करोड रुपैयाँ र २०६८–६९ मा ३ खर्ब ५९ अर्ब ६ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।
यस्तै, आर्थिक वर्ष २०६९–७० मा ४ खर्ब ३४ अर्ब ६ करोड रुपैयाँ, २०७०–७१ मा ५ खर्ब ४३ अर्ब रुपैयाँ, २०७१–७२ मा ६ खर्ब १७ अर्ब रुपैयाँ, २०७२–७३ मा ६ खर्ब ६५ अर्ब रुपैयाँ, २०७३–७४ मा ६ खर्ब ९५ अर्ब रुपैयाँ र २०७४–७५ मा ७ खर्ब ५५ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको विभागले जनाएको छ ।
विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५–७६ मा ८ खर्ब ७९ अर्ब ३ करोड रुपैयाँ, २०७६–७७ मा ८ खर्ब ७५ अर्ब रुपैयाँ, २०७७–७८ मा ९ खर्ब ६१ अर्ब १ करोड रुपैयाँ र २०७८–७९ मा ९ खर्ब ८६ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको देखिन्छ ।