arrow

भारतलाई हराउँदै नेपाल समूह विजेता 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २४ शुक्रबार
u-17-football-nepal-india.jpg

कोलम्बो । नेपालले श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनशिप फुटबलमा समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । समूहको अन्तिम खेलमा भारतलाई पराजित गर्दै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । 

कोलम्बोको रेस कोर्स ग्राउण्डमा शुक्रबार भएको खेलमा नेपालले भारतलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । १–० ले पछि पर्दै दबाबमा खेलेका किशोरहरुले एकाएक चामत्कारिक प्रदर्शन गर्दै शानदार जित दिलाए । नेपाललाई जिताउन सरोज दर्लामी, उनेश बुढाथोकी र सुवास बमले एक एक गोल गरे ।

यसअघि खेलको २५ औं मिनेटमा ड्यानी मेइटीले गोल गर्दै भारतलाई शुरुआती अग्रता दिलाएका थिए । 

तर ४५ औं मिनेटमा सरोजले, ४९ औं मिनेटमा उनेशले र ६८ औं मिनेटमा सुवासले गोल गर्दै नेपाललाई ३–१ को जित दिलाए ।

यस जितसँगै नेपालले २ खेलमा ६ अंक जोडेर समूह विजेता बन्दै सेमिफाइनलमा पुग्यो भने समूह बीबाट भारत भारत २ खेलमा ३ अंक जोडेर उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

नेपालले पहिलो खेलमा भुटानलाई २–१ ले हराएको थियो । भुटान बाहिरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ