arrow

महामानवलाई सम्झदै झापामा दीप प्रज्ज्वलन

logo
युवराज रेग्मी,  
प्रकाशित २०७९ भदौ २४ शुक्रबार
bp-deep-prajwalan.jpg

झापा । नेपाली कांग्रेसका संस्थापक नेता महामानव वीपी कोइरालाको १०९ औं जन्मजयन्तीको अवसर पारेर झापाको गौरादहमा दीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न भएको छ ।       

डिपुचोकमा आयोजित कार्यक्रममा स्थानीय युवा विद्यार्थीहरुले वीपीको तस्बिर अगाडि दीप प्रज्ज्वलन गरेर उनको योगदानलाई सम्झिएका हुन् । नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको आयोजनामा गरिएको दीप प्रज्ज्वलन कार्यक्रममा युवा विद्यार्थी तथा तरुणहरुले महामानव वीपी कोइरालालाई सम्झिएका थिए ।    

वीपी कोइरालाको योगदान नेपाली राजनीतिमा अमूल्य र अनुकरणीय भएको चर्चा गर्दै तिनै महामानवको राजनीतिक योगदानबाट आजको परिवेशमा रहन पाएको स्मरण गरेका थिए ।

देशको ब्यवस्था परिवर्तन गर्न ठूलो सकस र संघर्षपूर्ण जीवन ब्यतित गर्दै प्रवासमा बसेर भए पनि  वीपीले नेपाल र नेपालीका निम्ति ठूलो योगदान पुर्याएको चर्चा गरे ।

वीपी कोइरालाकै चाहना नेपाल सावैभौमसत्ता सम्पन्न राष्ट्र बनोस् र नेपाली जनताले पूर्ण प्रजातन्त्रको अनुभूत गर्न पाउन् भन्ने विचार अनुरुप आजको अवस्थामा नेपाल आउन सफल भएको चर्चा गर्दै वीपीको योगदानबारे कार्यक्रममा युवाहरुले आफ्ना विचार राखेका थिए ।



नयाँ