arrow

शशांक कोइराला भन्छन् –गठबन्धन राष्ट्रिय आवश्यकता हो 

logo
संजय भट्टराई, 
प्रकाशित २०७९ भदौ २५ शनिबार
sashank-koirala-2079-05-25.jpg

कावासोती । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शशांक कोइरालाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन् । शुक्रबार नेपाली कांग्रेस पूर्वी नवलपरासीले आयोजना गरेको जनताको साथमा कांग्रेस अभियानको समापन तथा वीपी जयन्ती कार्यक्रममा सहभागी हुन आएका कोइरालाले यस्तो बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले भने, ‘नेपाली कांग्रेस एक्लै चुनावमा जाँदा पनि बहुमत नजिक पुग्छ तर अहिलेको राष्ट्रिय आवश्यकता भनेको गठबन्धन हो ।’ कार्यक्रममा बोल्दै कोइरालाले आफू पनि गठबन्धन गर्न हुँदैन भन्ने पक्षमा भएको भए पनि अहिलेको आवश्यकताले गठबन्धन गरेर निर्वाचनमा जानु परेको बताएका हुन् ।

फरक प्रसंगमा बोल्दै कोइरालाले अहिले नेपालमा मात्रै नभएर अन्तर्राष्ट्रिय रुपमा वीपीले स्थापना गर्नु भएको प्रजातान्त्रिक समाजवादको आवश्यकता बढदै गएको बताए । 

आगामी निर्वाचनमा कांग्रेसलाई विजयी गराएर देशलाई प्रजातान्त्रिक समाजवादको बाटोमा हिँडाउनसमेत कोइरालाले अपिल गरेका छ्न ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ