arrow

विशेष कारण भन्दै प्रतिनिधि सभाको बैठक स्थगित, २९ गते बस्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २५ शनिबार
Parliament_building-1619601493.png

काठमाडौं । प्रतिनिधि सभाको आजका लागि तोकिएको बैठक यही भदौ २९ गतेका लागि सरेको छ । आज दिउँसो १ बजे बस्ने तय भएको सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित गरिएको हो । 

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले आज सूचना जारी गर्दै  बैठक विशेष कारणवश बस्न नसक्ने जानकारी दिए । “भदौ २५ गते शनिबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले बैठक बस्ने दिन र समय परिवर्तन भएको सूचना प्रकाशित गरिएको छ” सूचनामा उल्लेख छ । 

प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम उक्त बैठक भदौ २९ गते बुधबार बिहान ११ बजे बस्ने तय गरिएको छ ।



नयाँ