arrow

दोलखाका तीन विद्यालयलाई एसएस फाउन्डेसनको सहयोग

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २५ शनिबार
ss-foundation-help.jpg

दोलखा । एसएस फाउन्डेसनले दोलखाका तीन वटा विद्यालयलाई दुई सय ९८ वटा स्कुलको झोला शनिबार हस्तान्तरण गरेको छ। राप्रपा केन्द्रीय सदस्य सोभित उप्रेती र  राप्रपाका नेता दिलविकास राजभण्डारीले मदनदास श्रेष्ठ र दोलखाका नेकपा एमालेका उपाध्यक्ष राजेन्द्र मानन्धरलाई फाउन्डेसनले झोला हस्तान्तरण गरेको हो । 

तिखतल प्रावि, त्रिपुरा सुन्दरी निमावि र तम्राकौशिक विद्यालयका विद्यार्थीलाई झोलाहरु वितरण गरिने छ । झोला दोलखा एमाले उपाधयक्ष राजेन्द्र मानन्धरको व्यवस्थापन र संस्थाका अध्यक्ष मदनदास श्रेष्ठबाट वितरण गरिने जनाइको छ ।

राप्रपा नेता राजभण्डारीले यो एसएस फाउन्डेसनले विद्यार्थीलाई स्कुल जानबाट वञ्चित हुन नपर्ने र आगामी दिनमा पनि आपत विपतमा साथ दिँदै जानका लािग कामना गरेका छन् । 

त्यसैगरी उपाध्यक्ष राजेन्द्र मानन्धरले यो फाउन्डेसनले दोलखालाई धेरै माया गर्दै आइरहेको र दोलखाका विद्यार्थीलाई सधै माया गर्दै जाने कामना गरे । 

फाउन्डेसनले देशका विभिन्न स्थानमा सहयोग उपलब्ध गराउँदै आएको छ। फाउन्डेसनले कोरोना भाइरसको पहिलो र दोस्रो लहरमा देशका विभिन्न स्थानमा स्वास्थ्य सामग्री सहयोग गरेको थियो। 

फाउन्डेसनका अध्यक्ष श्रेष्ठले आगामी दिनमा पनि पनि देशभर एसएस फाउन्डेसनले आपतविपतको बेला सहयोग गर्ने बताए । 

यसअघि एसएस फाउन्डेसनले डोटीको के आई सिंह गाउँपालिका ४ मा अवस्थित झिमे मालिका विद्यालयलाई बाइस सय झोला त्यस्तैगरी दोलखाको विभिन्न गाउँपालिका अन्तर्गत १० वटा विद्यालयलाई २१ सय झोला वितरण गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ