arrow

भारतले माल्दिभ्सलाई हरायो ९–० ले, पाकिस्तान हार्‍यो बंगलादेशसँग 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २५ शनिबार
saff-2022-09-10.jpg

काठमाडौं । भारत राजधानीमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा माल्दिभ्सलाई ९–० ले हराउँदै भारत अन्तिम चारमा पुगेकाे हाे ।

भारतलाई जित दिलाउन अन्जु तामाङले ह्याट्रिकसहित ४ गोल गरिन् । यस्तै डाङमेई ग्रेसले दुई गोल गर्दा प्रियंका देवी, काश्मिना र सौम्या गुगुलोथले एक एक गोल गरिन् ।

भारतको यो लगातार दोस्रो जित हो । भारतले पहिलो खेलमा पाकिस्तानलाई हराएको थियो ।

जितसँगै समूह ए को भारतले २ खेलमा ६ अंक जोडेको छ ।  भारत शीर्ष स्थानमा रहेको छ । भारतको जितसँगै बंगलादेश पनि सेमिफाइनलमा प्रवेश गरेको छ । 

दुवै टिम आपसमा भिड्नुअघि नै सेमिफाइनलमा पुगेका हुन् । अन्तिम खेलबाट समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ । 

बंलादेशले शनिबारको पहिलो खेलमा पाकिस्तानलाई पराजित गयो । बंगलादेशले पाकिस्तानलाई ६–० ले पराजित गरेको हो । बंगलादेशको जितमा कप्तान सबिना खातुनले ह्याट्रिक पूरा गरिन् भने मोनिका चक्मा, मोसाम्मत शोप्ना र रितु पोर्नाले एक एक गोल गरिन् । 

खेलको ३५ औं मिनेटमा सबिनाले व्यक्तिगत दोस्रो गोल गर्दा ५९ औं मिनेटमा सबिनाले थप एक गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।

त्यसपछि खेलको ७७ औं मिनेटमा रितुले गोल गर्दै बंलादेशलाई ६–० को जित दिलाइन् । बंलादेशको यो लगातार दोस्रो जित हो । यसअघि भएको पहिलो खेलमा बंलादेशले माल्दिभ्सलाई ३–० ले पराजित गरेको थियो । पाकिस्तानको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा पाकिस्तानले भारतसँग ३–० गोलको हार व्यहोरेको थियो ।

अर्को समूहमा आयोजक नेपालसहित भुटान र श्रीलंका रहेका छन् । नेपालले पहिलो खेलमा भुटानलाई हराएको थियो । 



नयाँ