arrow

कोदालो हानेको २० वर्षपछि अनुप पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २६ आइतबार
nepal-police12.jpg

दमौली । कोदालो हानेको २० वर्षपछि एक प्रतिवादीलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ ।  कर्तव्य ज्यान मुद्दामा पक्राउ पर्नेमा भानु नगरपालिका-८ पुर्कोट घर भएका ४१ वर्षीय अनुप श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

निजलाई नवलपरासी (बर्दघाट सुस्तापूर्व) बाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । पक्राउ परेका श्रेष्ठविरुद्ध शुक्रवार तनहुँ अदालतबाट छ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवन र नवलपरासी (बर्दघाट सुस्तापूर्व) को समन्वयमा निजलाई गैडाकोट नगरपालिका-२ स्थित राजमार्गमा बाप्र०३-००१ह १५६८ नंको टेम्पो चलाइ हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो । 

विसं २०६० साउन १८ गते भानु नगरपालिका-६ बस्ने ५५ वर्षीय चाउरे श्रेष्ठलाई घातक हतियार कोदालो प्रयोग गरी प्रतिवादीले घाइते बनाएका थिए । घाइते श्रेष्ठको उपचारका लागि पोखरा लैजाने क्रममा बाटोमा मृत्यु भएको थियो । घटनापश्चात् अनुप फरार रही लुकीछिपी बस्दै आएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ