- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । एएफसी यू–२० एसियन कप छनोट फुटबलमा नेपालले खराब शुरुआत गरेको छ । बहराइनमा जारी प्रतियोगिताको पहिलो खेलमा नेपालले हार व्यहोरेको हो । शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा शनिबार राति भएको खेलमा नेपाल भुटानसँग २–० ले पराजित भयो ।
भुटानलाई जित दिलाउन सोनाम छोझाङ र कर्मा टासी जाम्त्सोले एक एक गोल गरे । खेल अवधिभर नेपालले बलमा पकड जमाए पनि फिनिसिङमा समस्या आएको थियो । खेलको इन्जुरी समयमा अविशेक वाइबाले रातो कार्ड पाएपछि नेपाल १० खेलाडीमा समेटिएको थियो ।
छनोटको समूह बी मा रहेको नेपालको समूहमा भुटानसँगै आयोजक बहराइन, कतार र बंगालादेश छन् ।
नेपालले दोस्रो खेलमा सोमबार कतारसँग खेल्नेछ ।
समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू–२० एसियन कपमा स्थान बनाउने छन् ।
पहिलो हारबाटै नेपालको दाबेदारी कमजोर भएको छ ।