arrow

म्यादीमा खुल्यो भर्ना, यति पाउनेछन् तलब

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २६ आइतबार
Mahila-myadi-prahari-toli-duty.jpeg

काठमाडौं । आगामी प्रतिनिधि र प्रदेश सभा  सदस्य निर्वाचनका लागि आवश्यक म्यादी प्रहरीको भर्ना प्रक्रिया शुरु भएको छ ।  नेपाल प्रहरीले एक लाख १५ हजार म्यादी प्रहरीको भर्ना खुलाएको छ । 

म्यादी प्रहरीका लागि भदौ ३० गतेदेखि असोज ६ गतेसम्म आवेदन दिन सकिने छ । काठमाडौं, भक्तपुर र ललितपुर प्रहरी परिसरसँगै देशभरका जिल्ला प्रहरी कार्यालयबाट दरखास्त फारम पाइनेछ । सोही स्थानमा फारम बुझाउन सकिनेछ । 


नेपाली नागरिकता भएका साधारण लेखपढ गर्न जान्ने नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नभएका व्यक्तिले फारम भर्न पाउनेछन् । फाराम १८ वर्ष पूरा भएर ५४ वर्ष ननाघेको हुनुहुनेछैन । 

म्यादी प्रहरीले ४० दिन खटिनुपर्नेछ । म्यादी प्रहरीले ४० दिनका लागि तलब, राशन, पोशाक लगायत सबै भत्तासहित जोडेर करिब ५० हजार हाराहारी तलब पाउनेछन् । 

सरकारले निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि स्वीकृति दिइसकेको छ।  उनीहरूका लागि कुल रु पाँच अर्ब ८६ करोड ३९ लाख ५० हजार रकम विनियोजन भएको छ।


सबै हिसाब गर्दा उनीहरूले ४० दिनका लागि कम्तीमा ४९ हजार दुई सय ६० तलब प्राप्त गर्नेछन्। हिमाली तथा दुर्गममा खटिनेहरूका लागि भने ५० हजार नाघ्ने छ। 

म्यादी प्रहरीले तलब ३४ हजार सात सय ६०, रासनबापत सात हजार २०० पाउने छन्।  पोशाकका लागि छ हजार रुपैयाँ पाउनेछन् ।  आवतजावत भाडा खर्च एक हजार, प्रतिदिन रु तीन सयका दर पाउनेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ