arrow

बस्ती जोगाउन स्थानीयलाई साथ दिँदै मन्त्री बडू

हेलिकप्टरबाट पुगेका मन्त्री बडू ढुङ्गा बोकेर साथ दिँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २७ सोमबार
badu-dhunga.jpg

दार्चुला । यहाँको बाढी प्रभावित क्षेत्र महाकाली नगरपालिका–४ बाङाबगर क्षेत्रमा बस्ती जोगाउन स्थानीयसँगै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले समेत साथ दिएका छन् । शनिवार देखि लास्कुखोलाको कटानले बाङाबगर बस्ती विस्थापित हुन थालेपछि मन्त्री बडू स्वयं ढुङ्गा बोकेर स्थानीयलाई साथ दिँदै छन् ।

शनिवार नेपाली सेनाको हेलिकप्टरमार्फत राहत लिएर सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामीसँगै जिल्ला पुगेका उनी लास्कु खोलामा ढुङ्गा बोकेर साथ दिइरहेका छन्। 

यस्तै प्रदेशसभा सदस्य गेल्बुसिंह बोहरा, महाकाली नगरपालिकाका नगर प्रमुख नरसिह चैसिर, उपप्रमुख दुर्गाकुमारी खत्री विष्ट, नेकपा (एमाले)का जिल्ला स्तरीय नेता, नेपाली काङ्ग्रेस, एमाले, माओवादी पार्टीका भातृ सङ्गठनका नेता कार्यकर्ता, जिल्लास्थित चार वटै सुरक्षाकर्मी, स्थानीयहरू बिहानैदेखि तारजाली लगाएर बाङबगर क्षेत्रमा खोलाको धार फर्काउने प्रयास गरिरहेका छन् ।

बस्ती जोगाउन तत्कालीन अवस्थामा ढुङ्गा जाली लगाएर नदीको धार परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको मन्त्री बडूले बताए । उनले भने, “अहिलेलाई पहिलो चरणमा कटान रोक्ने काम गरौँ।” नदीको बहाव कम हुने बित्तिकै बजारको कटान रोकिन्छ । यो सबैको साझा दायित्व हो । बजार क्षति भयो भने फेरि दर्जनौँ घर तथा पसलमा क्षति हुने देखिन्छ ।

बाङाबगर क्षेत्रको खानेपानी ट्याङ्की नजिकैको बजार कटान हुन थालेपछि तारजाली र ढुङ्गा भर्ने काम भइरहेको छ । स्थानीयको सहभागितामा बिहान ६ बजेबाटै ढुङ्गाजाली भर्न थालिएको छ । माथिल्लो बाङाबगर नजोगाउने हो भने पुरै बजार विस्थापित हुने अवस्था रहेको छ । त्यहाँका स्थानीयहरू घर छोडेर समान सारिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ