arrow

मानव विकास सूचकाङ्क: नेपाल १४३ औं स्थानमा, शीर्षमा स्वीट्जरल्यान्ड

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २७ सोमबार
hdi-report.jpg

काठमाडौं । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले सोमबार सार्वजनिक गरेको 'मानव विकास प्रतिवेदन २०२१/२२' अनुसार नेपाल ०.६०२ अंकसहित १४३ औं स्थानमा रहेको छ ।

मानव विकास सूचकाङ्कको पहिलो नम्बरमा ०.९६२ अंकसहित स्वीजरल्यान्ड रहेको छ । दोस्रो नम्बरमा ०.९६१ अंकसहित नर्वे, तेस्रोमा आइसल्याण्ड ०.९५९, चौंथो नम्बरमा हङकङ ०.९५२ र पाँचौं नम्बरमा अस्ट्रेलिया ०.९५१ रहेको छ ।

यस्तै भारत ०.६३३ अंकसहित नेपाल भन्दा अघि १३२ औं स्थानमा रहेको छ । यस्तै ०.७६८ अंकसहित चीन ७६ औं नम्बरमा रहेको छ । संयुक्त राज्य अमेरिका ०.९२१ अंकसहित २१ औं नम्बरमा रहेको छ । 

यस्तै श्रीलंका ७३ औं स्थानमा, माल्दिभ्स ९० औं स्थानमा, भुटान १२७ औं स्थानमा, बंगलादेश १२९ औं स्थानमा, पाकिस्तान १६२ औं स्थान र अफगानस्थान १८० औं स्थानमा छ ।

१९१ मुलुकको मानव विकास सूचकाङ्कको अन्तिममा ०.३८५ अंकसहित दक्षिण सुडान रहेको छ ।  'मानव विकास प्रतिवेदन २०२१/२२' रिपोर्ट यहाँबाट हेर्न सकिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ