arrow

श्रीलंकाविरुद्ध नेपालको फेरि शानदार प्रदर्शन, समूह विजेता बन्दै सेमिफाइनलमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २७ सोमबार
nepal-srilanka-2079.jpg

काठमाडौं । नेपाल छैटौं संस्करणको महिला साफ च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । श्रीलंकामाथि ६–० को जित हासिल गर्दै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले श्रीलंकाविरुद्ध एकतर्फी खेल खेलेको थियो । नेपालले मध्यान्तरअघि चार तथा मध्यान्तरपछि दुई गोल गरेको थियो । 

नेपालका लागि रश्मीकुमारी घिसिङ, सरु लिम्बु, अमृता जैशी र दिपा शाहीले मध्यान्तरअघि एक एक गरेका थिए । मध्यान्तरपछि अमिशा कार्कीले दुई गोल गरिन् । 

नेपालले अहिलेसम्म साफ च्याम्पियनशिपमा श्रीलंकाबाट हार खानु परेको छैन । नेपालले पहिलो खेलमा भुटानलाई ४–० ले हराएको थियो ।

नेपालको समूहबाट नेपाल समूह विजेता तथा भुटान उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । पहिलो खेलमा भुटानले श्रीलंकालाई ५–० ले हराएको थियो । यो हारसँगै श्रीलंका बाहिरिएको छ । 

समूह ए बाट भारत र बंगलादेशले अन्तिम चारमा स्थान पक्का गरिसकेका छन् । माल्दिभ्स र पाकिस्तान भने बाहिरिइसकेका छन् । 



नयाँ