arrow

नाडा ईभी एक्स्पो असोज ६ गतेदेखि 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २८ मंगलबार
nada-expo-2022.jpg

काठमाडौं । नाडा अटोमोवाइल्स् एशोशियसन अफ नेपालले यही असोज ६ देखि ९ गते सम्म नेपालमा पहिलो पटक विद्युतीय सवारी साधन, पार्ट पुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको प्रदर्शनी आयोजना गर्ने भएको छ । ‘सिएटद्वारा प्रायोजित नाडा ईभी एक्स्पो २०२२’ भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने नाडाले जनाएको छ । 

उक्त एक्स्पोमा नेपाल विद्युत प्राधिकरण सहयोगी संस्थाको रुपमा सहभागि भएको छ भने यूएसएड क्लिन एयरले नलेज पार्टनरको रुपमा ईभी चौतारी नामक तीन दिने सूचनामुलक गोष्ठीको सं चालन गर्ने भएको छ । 

एक्स्पोको शीर्ष प्रायोजक सिएट टायर रहेको छ भने, सह–प्रायोजकमा शिखर इन्सुरेन्स् कम्पनी लिमिटेड तथा डिजिटल पेमेन्ट पार्टनरमा खल्ती डिजिटल पेमेन्ट रहेको छ । एक्स्पोको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरिरहेको नाडाले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।

वर्तमान समयमा विद्युतीय सवारी साधनहरुको महत्व दिन प्रतिदिन बढ्दै गएको र यस्ता सवारी साधनहरुको बढ्दो प्रयोगले आफ्नै मुलुकमा उत्पादित जल विद्युतको उपभोग बढ्न गई देशलाई आत्मनिर्भर बनाउनसमेत सहयोग पुग्ने विश्वास आयोजकको रहेको छ । 

वातावरण मैत्री विद्युतीय सवारी साधनको अपरिहार्यतालाई मनन् गर्दे आयोजना गर्न लागिएको उक्त नाडा एक्सोमा ठूला तथा साना गरी ५१ वटा स्टल र ब्लकहरु रहने छन् । 

एक्स्पोमा ७ वटा ब्राण्डका चार पाङग्रे, एउटा तीन पाङग्रे, १६ वटा ब्राण्डका दुई पाङग्रे, ३ वटा ब्राण्डका टायर, २ वटा ब्राण्डका ब्याटरी, ९ वटा पार्ट–पुर्जा, ग्यारेज उपकरण कम्पनी एवं अटो पत्रिका तथा ४ वटा वित्तीय संस्थाहरुको सहभागिता रहेको जनाइएको छ ।

नेपाली महान चाड–पर्वहरुको पूर्वार्धमा आयोजना हुन गइरहेको यस एक्स्पोले नेपालमा विद्युतीय सवारी साधनबारे अत्यधिक जनचेतना अभिवृद्घि गर्न एवं सम्बिन्धित सम्पूर्ण अटो व्यवसायीहरुको समष्टिगत प्रवर्धनमा प्रत्यक्ष तथा सकारात्मक प्रभाव पार्नेमा आयोजक विश्वस्त रहेको जनाएको छ ।

एक्स्पोलाई बढी जानकारीमूलक, सेवामूलक र ग्राहकमुखी बनाउन वित्तीय सेवा, बिक्रीपछिका सेवा एवं इन्सुरेन्सका छुट्टाछुट्टै स्टलहरु रहने छन् भने एक्स्पो सम्बन्धी समाचार सम्प्रेषणमा सहजताका लागि छुट्टै एउटा साझा मिडिया स्टलको व्यवस्था गरिएको छ । 

एक्स्पोमा वारुण सुरक्षा एवं नियन्त्रणका लागि फायर सेफ्टी सपोर्टको रुपमा हिटको प्रालि रहेको छ । वातावरण एवं इभी सम्बन्धी व्यापक छलफल तथा सूचना प्रवाह गर्नका लागि यूएसएड क्लिन एयरले तीन दिनसम्म ईभी चौतारी नामक गोष्ठी सन्चालन गर्ने भएको छ । 

आम सर्व साधारणलाई ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धी व्यापक सुसूचित गराउने उदेश्यका साथ महानगरीय ट्राफिक प्रहरी महाशाखा, काडमाडौंको सूचना–कक्षसमेत प्रदर्शनीमा रहने भएको छ । 

एक्स्पोलाई व्यवस्थित बनाउन, प्रदर्शनी स्थलमा भीड कम गर्न एवं आगन्तुकहरुको भ्रमणलाई सहज बनाउन खल्ती एप मार्फत अनलाइन टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ । 

सोमबारदेखि नै खुलेको अग्रिम टिकट असोज ५ गतेसम्मको अग्रिम अनलाइन टिकट खरिदमा विशेष सहुलियत दर हुनुका साथै प्रत्येक टिकट खरिदमा खल्ती डिजिटल पेमेन्टद्धारा २५ प्रतिशत क्यास ब्याकको अफरसमेत रहेको छ । 

४ दिनसम्म चल्ने उक्त नाडा ईभी एक्स्पोमा लगभग चालीस हजार आगन्तुकहरुले अवलोकन गर्ने विश्वास आयोजकको रहेको नाडा ईभी एक्स्पो समिति सभापति अनुपकुमार बरालले बताएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ