arrow

नेपाल र भारत उपाधिका लागि भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २९ बुधबार
saff-u-17-final.jpg

काठमाडौं । साफ यू–१७ च्याम्पियनशिप फुटबलको उपाधिका लागि नेपाल र भारत भिड्दैछन् । श्रीलंकामा जारी प्रतियोगिताको फाइनलमा नेपाल र भारत भिड्न लागेका हुन् । 

कोलम्बोको रेस कोर्स ग्राउण्डमा हुने फाइनल राति ८ः१५ बजे शुरु हुनेछ । भारतविरुद्ध मैदानमा उत्रदा नेपाल अपराजित रहँदै उपाधि उचाल्न चाहन्छ ।

भारत साविक विजेता हो । नेपाली टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठ भारत विरुद्धको खेलमा नेपाललाई सहज नहुने दाबी गर्छन् । 

सेमिफाइनलमा नेपालले श्रीलंकालाई ६–० ले तथा भारतले बंगलादेशलाई २–१ ले हराएको थियो । प्रतियोगितामा नेपाल अपराजित रहँदै फाइनलमा पुगेको हो । 

भारत भने समूह चरणमा नेपालसँग ३–१ ले पराजित गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ