arrow

बेपत्ता व्यक्तिको छानबिन गर्न बनेको विधेयकमा सहमति जुटाउन कार्यदल गठन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २९ बुधबार
Parliament_building-1619601493.png

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा सहमति जुटाउन कार्यदल गठन गरिएको छ । 

प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समितिले उक्त विधेयकमा सहमति जुटाउन कार्यदल गठन गरेको हो । कार्यदलमा कांग्रेसबाट मीन विश्ववर्मा र अत्तहर कमाल मुसलमान, एमालेबाट शेरबहादुर तामाङ र विमला विक, माओवादी केन्द्रबाट देव गुरुङ र वर्षमान पुन तथा लोसपाबाट लक्ष्मणलाल कर्ण रहेका छन् । 

१७ भदौमा प्रतिनिधि सभाले बेपत्ता पारिएका व्यक्ति छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको थियो । 

सरकारले गत ३१ असारमा दर्ता गरेको विधेयकलाई कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले ७ भदौमा प्रतिनिधि सभामा पेस गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ