arrow

ओछ्यानसहित झा दम्पती बेपत्ता, ५० सङ्घसंस्था सडकमा

logo
प्रकाशित २०७७ चैत ३ मंगलबार
jha1.JPG

काठमाडौँ । महोत्तरीको पिपरा गाउँपालिका–५ का अपहरित दम्पती मुसाफिर झा र गीता देवी झाको अवस्था पत्ता लगाउन सरकार उदासीन भएको भन्दै ५० सङ्घसंस्थाले आन्दोलनको चेतावनी दिएका छन् ।

उनीहरूले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी तीन दिनभित्र सीआइबी टोली गठन गरी घटनाको निष्पक्ष छानबिन गर्न पहल नगरिए चरणबद्ध आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका हुन् । उनीहरूले आजै माइतीघर मण्डलामा धर्ना कार्यक्रम राखेका छन् । झा दम्पती सुतेको अवस्थामै बेपत्ता पारिएका थिए । उनीहरू सुतेको खाट, झुल र पलङ पनि फेला परेको छैन । यसले महोत्तरीको पिपरामै खैलाबैला मच्चिएको छ ।

राष्ट्रिय इन्जिनियर सङ्घका अध्यक्ष भगवान् झाले तीन दिनभित्र घटनाको निष्पक्ष छानबिन गर्न सीआइबीबाट टोली गठन नगरिए चरणबद्ध आन्दोलनमा जाने बताए । ५० वटा सङ्घसंस्थाले संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालय घेराउ देखि कडा आन्दोलन गर्न बाध्य हुने उनको भनाई थियो ।अध्यक्ष झाले महोत्तरीबाट पूर्वसरकारी कर्मचारी दम्पतीको अपहरण भएको २३ दिन पुग्दा पनि सरकार र प्रशासनले केही काम गर्न नसकेको आरोप लगाए ।

‘उहाँहरूको सास नभए पनि हामीलाई लास चाहियो,’ उनले भने, ‘उहाँहरूको अपहरण गर्न जग्गाको कारण हुन सक्छ ।’ उनले तीन दिन भित्र घटनाको निष्पक्ष जाँच समिति गठन गरी अपहरित दम्पतीको यथार्थ स्थिति सार्वजनिक गर्न माग गरे । ‘अपहरणको मुद्दामा राजनीतिकरण नहोस् भनेर सिआईबी जाँचको माग गर्दै हामीले आन्दोलन गरिरहेका छौँ,’ उनले भने, ‘ सीआईबी अनुसन्धान सुरु गरियोस्, अपहरित दम्पतीको खोजी गरेर बाहिर ल्याइयोस् र बेपत्ता पार्नेलाई सार्वजनिक गरियोस् भन्ने हाम्रो मुख्य माग हो ।’

राष्ट्रिय इन्जिनियर सङ्घका महासचिव ई.दीपेन्द्र कुमार शाहले अपराधीलाई सरकारले कडा भन्दा कडा सजाय दिन माग गरे । उनले भने, ‘कि सास कि लास चाहियो । झाले दम्पती अपहरणमा पर्नुको कारण मोही जग्गाको साक्षी बस्नु रहेको जिकिर गरे । उनले मङ्गलवार बेलुका ४ बजे देखि ६ बजे सम्म माइतीघर मण्डलामा दम्पतीको न्यायको लागि धर्ना कार्यक्रम गर्ने जानकारी दिए ।मैथिली महिला समाजकी अध्यक्ष अन्जला झाले झा सम्पत्तिलाई प्रशासनले खोजी गर्न नचाहेको आरोप लगाइन् । उनले भनिन् ‘प्रशासनले चाहेको भए खोजी नीति छिटै हुन्छ ।’ तर प्रशासनले आलटाल गरेकोले खोजीनिती नगरेको बताइन् । उनले दम्पतीको खोजीको लागि सिआईबी समिति गठन गर्न सरकारसँग माग गरिन् ।

सहोडवा समाज काठमाडौँका अध्यक्ष वशिष्ठ नारायण मिश्रले झा दम्पती अवस्थामा सार्वजनिक गर्न माग गरेका छन् । झा दम्पती जुन सुकै अवस्थामा भए पनि सरकारले छिटो भन्दा छिटो सार्वजनिक गइनुपर्नेमा उनको माग थियो ।मैथिल ब्राह्मण महासभा नेपालका महासचिव इन्द्रदेव मिश्रले कार्यक्रम सञ्चालन गर्दै प्रेस विज्ञप्ति पढेर सुनाएका थिए ।महोत्तरीका ७५ वर्षीय मोसाफिर झा र ७० वर्षीय गीतादेवी झा यही फागुन १० गते घरबाटै सुतिरहेका अवस्थामा अपहरणमा परेका थिए । मोसाफिर झा नेपाल सरकारका पूर्व कर्मचारी हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ