arrow

महारानीको अन्त्येष्टिमा सहभागी हुन नेपालबाट परराष्ट्रमन्त्री खड्का बेलायत जाने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २९ बुधबार
Narayan-khadka-FB.jpg
तस्बिर – फाइल ।

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का बेलायतकी महारानी एलिजावेथ द्वितीयाको अन्त्येष्टिमा सहभागी हुन बेलायत जाने भएका छन् । 

एलिजावेथको अन्त्येष्टि असोज ३ गते बेलायतमा विशेष समारोहबीच हुँदैछ । अन्त्येष्टिमा सहभागी हुन नेपालको तर्फबाट परराष्ट्रमन्त्रीको नेतृत्वमा सानो टोली जान लागेको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ । 

अन्त्येष्टि समारोहमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य पनि सहभागी हुनेछन् । एलिजावेथको मृत्यु ९६ वर्षको उमेरमा यही भदौ २३ गते भएको थियो । 

एलिजावेथको अन्त्येष्टिमा विभिन्न देशका राष्ट्रध्यक्ष, सरकार प्रमुख र परराष्ट्रमन्त्री सहभागी हुनेछन् । बेलायत नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको पहिलो राष्ट्र हो । 

नेपाल र बेलायतबीच सन् १८१६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ