arrow

नेपाल उपविजेता, भारतलाई उपाधि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ३० बिहिबार
u-17-nepal-india-final.jpg

काठमाडौं । साफ यू–१७ च्याम्पियनशिप फुटबलमा नेपाल उपविजेतामै सीमित भएको छ । श्रीलंकामा आयोजना भएको साफ यू–१७ फुटबलमा नेपाल फाइनलमा पराजित भयो । 

कोलम्बोमा बुधबार भएको फाइनलमा १० खेलाडीमा समेटिएको नेपाललाई भारतले हरायो । नेपाल ४–० ले पराजित भयो । खेलको ३९ औं मिनेटमा नेपाल १० खेलाडीमा समेटियो । भारतका ड्यानीलाई फउल गरेपछि नेपालका कप्तान प्रशान्त लक्समले रातो कार्ड पाएका थिए ।

समूह चरणमा भने नेपालले भारतलाई ३–१ ले हराएको थियो । जितसँगै भारतले लगातार दोस्रो पटक उपाधि जितेको छ ।



नयाँ