arrow

यू–२० फुटबलमा नेपालमाथि बहराइनले बर्सायो आधा दर्जन गोल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ३० बिहिबार
afc-u20-nepal-baharain.jpg

काठमाडौं । एएफसी यू–२० एसिया कप छनोट फुटबलमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । बहराइनमा जारी प्रतियोगिता अन्तर्गत शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा बुधबार राति भएको खेलमा नेपाल आयोजक बहराइनसँग पराजित भयो । 

बहराइनले नेपालमाथि ६–० ले पराजित गरेको हो । अब्दुल्ला अली अल्सुबाईले दुई तथा कप्तान अब्दुल्लाह सुल्तान अल्खालासी, सायद अली नसिर, अब्दुलरहमान गडबन र मुबारक मोहमद हाबिबले एक एक गोल गरे ।

पहिलो खेलमा नेपाल भुटानसँग २–० ले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले कतारसँग ३–१ को हार बेहोरेको थियो ।

समूह बी को नेपाल लगातार तीन हारसहित छनोटको होडबाट बाहिरिएको छ । बहराइनले पहिलो जित निकालेको छ । नेपालले अन्तिम खेलमा आइतबार बंगलादेशसँग खेल्नेछ ।
 



नयाँ