arrow

च्याम्पियन्स लिगमा मेस्सी, नेयमार र एमबाप्पेको गोलले जित्यो पीएसजी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ३० बिहिबार
messi-mbappe.jpeg

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगातार दोस्रो जित निकालेको छ। समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा माक्काबी हाइफालाई ३–१ गोल अन्तरले हराउँदै पीएसजीले दोस्रो जित निकालेको हो ।

शुरुआतमा पीएसजीले गोल आएको थियो । २४ औं मिनेटमा चेरीले गोल गर्दै हाइफालाई अग्रता दिलाएका थिए । ३७ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीलाई १–१ गोलको बराबरीमा ल्याए । ६९ औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दा पीएसजीलाई २–१ ले अग्रता दिलाए । 

खेलको ८८ औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई ३–१ ले जिताए । जितसँगै समूह एचको पीएसजीले २ खेलबाट ६ अंक जोडेको छ ।

हाइफाको यो लगातार दोस्रो हार हो । अंकविहीन हाइफा पुछारमा रहेको छ । बेनेफिका २ खेलमा ६ अंकसहित दोस्रो स्थानमा छ । युभेन्टर भने २ खेलबाट अंकविहीन छ । 



नयाँ