arrow

साफमा नेपाललाई आज भारतविरुद्ध इतिहास बनाउने अवसर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ३१ शुक्रबार
women-football-2022-saff.jpg

काठमाडौं । साफ महिला च्याम्पियनशिप फुटबल अन्तर्गत शुक्रबार दोस्रो सेमिफाइनलमा भारत र नेपाल प्रतिस्पर्धा गर्दैछन् । भारतविरुद्ध मैदान उत्रिँदा नेपाली महिला टिम नयाँ इतिहास कोर्ने लक्ष्यमा हुनेछ ।

चार पटक फाइनल र एक पटक सेमिफाइनलमा प्रतिस्पर्धा गर्दा भारतविरुद्ध  नेपालले साफ च्याम्पियनसिपमा हालसम्म जित निकाल्न सकेको छैन ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे खेल शुरु हुनेछ । 

सेमिफाइनलमा फेरि एकपटक भारत प्रतिद्वन्द्वी पाएको नेपाल २०७३ सालको चौथो साफको इतिहासलाई मेटाउँदै नयाँ इतिहास रच्न चाहन्छ । यसअघि भारत समूह ए को उपविजेता र नेपाल समूह बी को विजेताका रुपमा अन्तिम चारमा प्रवेश गरेका थिए  ।

यस्तो छ इतिहास
बंगलादेशमा आयोजना भएको पहिलो संस्करणको फाइनलमा नेपाल १–० ले  पराजित भएको थियो । दोस्रो, तेस्रो र पाँचौं संस्करणको फाइनलमा नेपाल क्रमशः ३–१, ६–० र ३–१ को नतिजामा हारेको थियो । चौथो साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतलाई ३–१ को नतिजा सुम्पेको थियो ।

साबित्रा र मन्जली फर्कने सम्भावना
डेंगीका कारण टोली बाहिर रहेका स्ट्राइकर साबित्रा भन्डारी र मिडफिल्डर मन्जलीकुमारी योन्जन सेमिफाइनलमा मैदान उत्रन सक्छन् । बलियो भारतविरुद्द नेपाल आफ्ना मुख्य खेलाडीलाई बेन्चमा राख्न चाहँदैन । साबित्राले भुटानविरुद्द ४–० को जितमा एक गोल गरेकी थिइन् । मन्जलीले साफ च्याम्पियनशिपमा कुनै खेल खेलेकी छैनिन् ।

बंगलादेश र भुटान मैदानमा 
साफ च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा अहिले बंगलादेश र भुटान प्रतिस्पर्धा गरिहेको छन् ।  खेल दशरथ रंगशालामा १ बजे सुरु भएको हो । भुटान श्रीलंकाविरुद्ध साफ च्याम्पियनशिपको इतिहासमा पहिलो जित निकाल्दै सेमिफाइनल पुगेको हो । 

बंगलादेश जारी प्रतियोगितामा अपराजित छ । उसले समूह ए को अन्तिम खेलमा भारतलाई ३–० ले पराजित गर्दै विजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेको थियो । भुटान समूह उपविजेता बनेको थियो ।



नयाँ