- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । राजधानीमा जारी साफ महिला च्याम्पियनशिप फुटबलको दोस्रो सेमिफाइनलमा नेपाल र भारत भिड्दै छन् । खेल साँझ ५ः३० बजे दशरथ रंगशालामा हुँदैछ । यो खेल जितेर नेपालले कीर्तिमान रच्न चाहन्छ ।
साफ च्याम्पियनशिपको नकआउट चरणमा नेपालले भारतलाई हराउन सकेको छैन । नेपाल चार पटक फाइनलमा र एक पटक सेमिफाइनलमा भारतसँग पराजित भएको छ । आजको खेल जितेर नेपालले कीर्तिमान राख्न चाहन्छ । यो खेलको विजेताले फाइनलमा उपाधिका लागि बंगलादेशसँग खेल्नेछ ।
आजको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई हरायो । कप्तान सविना खातुनको ह्याट्रिकप्रेरित बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको हो । योसँगै बंगलादेश सन् २०१६ सहित दोस्रो पटक फाइनलमा स्थान बनाएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न पहिलो सेमिफाइनलमा भुटानमाथि ८–० को सहज जित निकाल्दै बंगलादेशले प्रतियोगिताको फाइनलमा आफ्नो स्थान पक्का गर्यो ।
खेलको दोस्रो मिनेटमा छोटोन जहान सोप्नाको गोलबाट बंगलादेशले अग्रता लिएको थियो । बंगलादेशका लागि कप्तान सविनाले १८औं मिनेटमा अग्रता दोब्बर बनाइन् ।
३०औं मिनेटमा श्रीमोती कृष्णरानी सरकार र ३५औं मिनेटमा रितु पोर्ना चक्माले एक(एक गोल थप्दा बंगलादेशले भुटानमाथि पहिलो हाफमा ४(० को अग्रता बनायो ।
पहिलो हाफमा चार गोल गरेको बंगलादेशले दोस्रो हाफमा पनि चार गोल नै थप्यो । ५४औं मिनेटमा सविनाले व्यक्तिगत दोस्रो गोल गर्दै ५(० मा पुर्याइन् । त्यसको तीन मिनेटपछि मसुरा प्रविनले खगोल गर्दै बंगलादेशलाई ६(० को स्थितिमा ल्याइन् ।
८७औं मिनेटमा तोहुरा खातुन र इन्जुरी समयमा कप्तान सविनाले ह्याट्रिक पूरा गर्दै ८–० को नतिजामा जित पक्का गरिन् ।