arrow

भारतविरुद्ध नेपाललाई अग्रता 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ३१ शुक्रबार
nepal-vs-india-saff-championship-2022.jpg

काठमाडौं । राजधानीमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनशिप फुटबलको दोस्रो सेमिफाइनलमा अहिले नेपाल र भारतबीच प्रतिस्पर्धा भइरहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालले अग्रता लिएको छ । 

नेपालकी रश्मी कुमारी घिसिङले मध्यान्तरअघिको इन्जुरी समयमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् । नेपाल पहिलो पटक भारतलाई नकआउट चरणमा हराउन चाहन्छ । अहिलेसम्म नकआउटमा नेपाल पराजित हुँदै आएको छ । 

अहिलेसम्म भएका पाँच वटै प्रतियोगिताको उपाधि भारतले जितेको छ । यो खेलमा जित हासिल गरे नेपालले कीर्तिमान रच्नेछ । नेपाल चार पटक फाइनलमा र एक पटक सेमिफाइनलमा भारतसँग पराजित भएको छ । 

यसपालि बदला लिने राम्रो अवसर छ । नेपालले मध्यान्तरपछि पनि आक्रामक खेलिरहेको छ । यस खेलको विजेताले फाइनलमा बंगलादेशको सामना गर्नेछ ।

पहिलो सेमिफाइनलमा भुटानलाई ८(० ले हराएर बंगलादेश फाइनल प्रवेश गरिसकेको छ ।

फाइनल खेल सोमबार हुनेछ ।



नयाँ