arrow

प्रतिनिधि सभा र राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १ शनिबार
Parliament_building-1619601493.png

काठमाडौं । संघीय संसद्को दुवै सदनको चालु अधिवेशन आजै राति १२ः०० बजेदेखि अन्त्य हुने भएको छ ।  संसद् अधिवेशन अन्त्य भएसँगै राष्ट्रिय सभाको असोज २ गतेका लागि निर्धारित बैठक स्वतः अन्त्य भएको राष्ट्रिय सभाद्वारा जारी सूचनापत्रमा उल्लेख छ ।

नेपालको संविधानअनुसार राष्ट्रपतिबाट मन्त्रिपरिषद्को सिफारिसमा सङ्घीय संसद्को दुवै सदन आजदेखि अन्त्य हुन लागेको हो ।

प्रतिनिधि सभाको बैठक भने आज अन्तिम पटक बसेको छ । अन्तिम बैठकमा सबै दलका शीर्ष नेताहरुले सम्वोधन गरेका छन् । 

सभामा सभामुख अग्निप्रसाद सापकाेटाले पाँच वर्षकाे अवधिमा गरेका गतिविधिहरु फेहरिस्त सुनाएका थिए ।

अन्तिममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीले राति १२ बजेदेखि संसदका दुवै बैठक अन्त्य गरेको पत्र पढेर सुनाएका थिए । 



नयाँ