arrow

आमासँगै खोलामा नुहाउन गएका बालक बेपत्ता,  दुई भारतीयलाई स्थानीयले बचाए

logo
रबिन्द्र यादव,
प्रकाशित २०७९ असोज ३ सोमबार
water-kill.jpg

नवलपरासी पश्चिम । नवलपरासी पश्चिममा आमासँगै नुहाउन गएका ११ वर्षे बालक अंगद माली प्रतापपुर गाउँपालिका वडा नं. ६ स्थित टुटहा पुलको कंगली खोलामा डुबेर हराइरहेको प्रहरीले बताएको छ ।

प्रतापपुर गाउँपालिका वडा नं ६ गूठी परसोनी गाउँका स्थानीय रामकान्त मालीको ११ वर्षे छोरा जितिया पर्वको अवसरमा खोलामा स्नान गर्ने परम्परा अनुसार स्नान गर्न जाँदा आमासँगै गएका छोरा नुहाउने क्रममा बेलुका साढे पाच बजे हराएको प्रहरी चोकी रामनगरका प्रमुख धर्म बहादुर कुँवरले बताए । 

स्थानीयवासीका अनुसार व्रतालु महिलाहरू अपरान्ह नदीमा नुहाउन जान लाग्दा आमाका साथमा बच्चाहरू समेत गएका थिए । ११ वर्षे बालक माली कतै नभेटिएपछि उनी पानीमा डुबेको हुनसक्ने अनुमानको आधारमा नेपाल प्रहरी,सशस्त्र प्रहरी र स्थानीयले खोजी कार्य शुरु गरेका हुन् । 

यसैगरी आफुखुशी नुहाउने क्रममा डुब्न लागेका दुई जनाको स्थानीयले उद्धार गरेका थिउ ।  प्रतापपुर गाउँपालिका वडा नं ६ पश्चिम गण्डक नहरको हरपुर (झुलनिपुर) छठ घाट स्थित स्नान गर्न आएका दुई भारतीय व्रतालु महिला स्नान गर्ने क्रममा डुब्न लागेको अवस्थामा स्थानीयले देखेपछि बचाएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ