arrow

संविधान दिवसमा टेलिकमको अफर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ३ सोमबार
Nepal-Telecom-NTC.png

काठमाडौं । संविधान दिवसको अवसरमा नेपाल टेलिकमले संविधान दिवस अफर उपलब्ध गराइरहेको छ । कम्पनीका ग्राहकहरुका लागि नेपाल टेलिकमले सहुलियत दरका डाटा र भ्वाइससहितको प्याक उपलब्ध गराएको हो । यो अफर असोज २ गतेदेखि असोज ४ गतेसम्म उपलब्ध हुने टेलिकमले जनाएको छ । 

अफर अन्तर्गत ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा रु. ९८ मा खरिद गर्न सकिने टेलिकमले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ । त्यसैगरी २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबीपीएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा रु. ४९ मा उपलब्ध हुनेछ । 

यसका साथै यस अफर अन्तर्गत नै १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा प्याक जम्मा रु. २९४ मा खरिद गर्न सकिने छ । असोज ४ गतेसम्म आफ्नो मोबाइलबाट *1415*11#  यल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरु उपयोग गर्न सकिन्छ । 

यस अफरबाट ग्राहकहरुले लाभ लिने अपेक्षा कम्पनीको रहेको टेलिकमले जनाएको छ । 
  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ