arrow

यी हुन् संविधान दिवसमा पदक पाउने संचारकर्मीहरु 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ३ सोमबार
padak1.JPG

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संविधान दिवसको अवसरमा झण्डै एक हजार जनालाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित गर्ने घोषणा गरेकी छिन् । 

घोषित सूचीमा केही पत्रकार र सञ्चारकर्मीहरुको नाम पनि समेटिएको छ । संविधान दिवसको अवसरमा राष्ट्रपति भण्डारीले सञ्चारकर्मी तारा भुषण दाहाल (भुषण दाहाल) लाई सुप्रबल जनसेवाश्री दिने घोषणा गरेकी छिन् । 

प्रबल जनसेवाश्री पत्रकारहरु जीवनप्रसाद पाण्डे, कृष्णप्रसाद बास्तोला, लक्ष्मीप्रसाद उपाध्याय र प्रकाशचन्द्र सुवेदी, सञ्चारकर्मीहरु सुरजसिंह ठकुरी र नारायणप्रसाद अधिकारी र फोटो पत्रकार हरि गोपाल प्रधानलाई दिने घोषणा गरिएको छ । 

पत्रकार शिबबहादुर पुरी, वैद्यनाथ झा, शेरबहादुर सिंह, बिमला भण्डारी, दिलीप पौडेल, बाला अधिकारी, राजन कुइँकेल, बिमल योगी, अजराज बम र सञ्चारकर्मी दुर्गा अधिकारीलाई जनसेवाश्री दिने घोषणा गरिएको छ । 

राष्ट्र यशोवद्र्धक पत्रकार लोकमणि पौडेललाई विभूषित गर्ने घोषणा राष्ट्रपतिले गरेकी छिन् । नेपाल सेवा प्रवीणबाट रोशनबहादुर खड्का, अभिशेख सोनी, चेतन पन्त, यमलाल भुषाल, गोपालकुमार झा, प्रकाश अधिकारी, टेकराज जोशी र उर्बशी बस्न्यातलाई दिने घोषणा गरिएको छ । 

यस्तै पत्रकार बद्रीप्रसाद तिमल्सिनालाई समाजसेवा रत्न प्रदान गरिने भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ