- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा अहिले नेपाल र बंगलादेशबीचको खेल भइरहेको छ । दशरथ रंगशालामा जारी खेलमा नेपाल ३–१ ले पछि परेको छ । खेलको १३ औं मिनेटमै नेपालले गोल खान पुग्यो । त्यस्तै ४२ औं मिनेटमा अर्को गोल खाएको हो । तर ७७ औं मिनेटमा फेरि अर्को गोल गर्दै नेपाललाई ३–१ ले पछाडि पार्यो ।
खेलको ७० औं मिनेटमा नेपालले एक गोल फर्काएको थियो । अनिता बस्नेतले नेपालका लागि गोल गरेकी हुन् । मध्यान्तरपछि सावित्रा भण्डारी साम्बा पनि मैदानमा रहेकी छिन् । रंगशालामा १६ हजारको संख्यामा दर्शक रहेका छन् ।
नेपाल पाँचौं पटक फाइनल खेलिरहेको छ । पहिलो उपाधि जित्नका लागि नेपाललाई राम्रो अवसर रहेको छ । नेपालले यसअघि चार पटक फाइनल भारतसँग हारेको थियो । एक पटक भने नेपाल सेमिफाइनलमै भारतसँग पराजित भएको थियो ।
यसपटक नेपालले भारतलाई सेमिफाइनलमा हराएको थियो । नेपालले पहिलो पटक साफमा भारतलाई हराएर कीर्तिमान राख्दै फाइनलमा स्थान बनाएको हो ।
नेपालले साफमा बंगलादेशबाट अहिलेसम्म हार बेहोरेको छैन । तर यो फाइनल भने नेपालका कतै प्रतिकुल हुने त हैन भन्ने चिन्ता फुटबलप्रेमीमा बढेको छ ।