arrow

महिला साफ च्याम्पियनशिप फुटबलमा नेपाल फेरि पनि पराजित, पाँचौं फाइनलमा सबैमा हार, घरमै बंगलादेशको प्रहार 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ३ सोमबार
nepal-bangladesh-final5.jpg

काठमाडौं । नेपाली महिला फुटबल टिम छैटौं संस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधि गुमाउन पुगेको छ । नेपाल र बंगलादेशसँग फाइनलमा ३–१ ले पराजित गरेको छ । दशरथ रंगशालाको घरेलु् मैदानमा १६ हजार घरेलु दर्शकको बलले पनि कुनै काम नगरेपछि नेपाल पराजित भएको हो । 

नेपालले खेलको १३ औं मिनेटमै गोल खान पुग्यो । त्यस्तै ४२ औं मिनेटमा अर्को गोल खाएको हो । ७७ औं मिनेटमा नेपालले तेस्रो गोल खायो । खेलको ७० औं मिनेटमा नेपालले एक गोल फर्काएको थियो । अनिता बस्नेतले नेपालका लागि सान्त्वना गोल गरेकी थिइन् । मध्यान्तरपछि सावित्रा भण्डारी साम्बा पनि मैदानमा रहेकी थिइन् । तर उनले कुनै चमत्कार देखाउन सकिनन् । 

नेपाल पाँचौं पटक फाइनल खेलेको भए पनि उपाधि जित्न सकेन । नेपालले यसअघि चार पटक फाइनलमा भारतसँग हारेको थियो । एक पटक भने नेपाल सेमिफाइनलमै भारतसँग पराजित भएको थियो ।

यसपटक नेपालले भारतलाई सेमिफाइनलमा हराएको थियो । नेपालले पहिलो पटक साफमा भारतलाई हराएर कीर्तिमान राख्दै फाइनलमा स्थान बनाएको थियो । तर नेपालले साफमा बंगलादेशबाट अहिलेसम्म हार बेहोरेको थिएन । यही फाइनलमै बंगलादेशले चमत्कार गर्यो । 

साफले नयाँ च्याम्पियन पाएको छ । भारत पाँच पटकको च्याम्पियन हो । 



नयाँ