arrow

साबा महिला बास्केटबल च्याम्पियनशिप खेल्ने टोलीको बिदाइ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ४ मंगलबार
basket-saba-nepali-women.jpg

काठमाडौं । माल्दिभ्समा हुने साबा महिला बास्केटबल च्याम्पियनशिपमा सहभागी हुन १३ खेलाडीसहित १५ सदस्यीय नेपाली टोलीलाई मंगलबार बिदाइ गरिएको छ । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच बिदाइ गरे ।

प्रतियोगिता सेप्टेम्बर २४ देखि ३० तारिखसम्म हुनेछ । खेलाडीमा कप्तान सदिना श्रेष्ठ, एलिना गुरुङ, एलिशा मल्ल, अमिशा घले, अनुषा मल्ल, विनामणि योञ्जन, गरिशा सिलवाल, मिना गुरुङ, मुना महर्जन, प्रतिक्षा मगर, रचना श्रेष्ठ र श्रेया खड्का रहेका छन् ।

प्रशिक्षकमा विकास शाही र व्यवस्थापकमा निरञ्जन सत्याल छन् । फिबा रेफ्री राजकुमार महर्जनले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने छन् । टोली सेप्टेम्बर २३ तारिख माल्दिभ्स जाने छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ