arrow

शहरमा विदेशी स्याउको बिगबिगी, मुगुको स्याउ बोटमै अलपत्र 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ५ बुधबार
apple-mugu.jpeg

मुगु । मुगुको स्याउले बजार नपाउँदा किसानले घरकै शीतभण्डारणमा थुपारेर राख्न बाध्य भएका छन् । स्याउ किसान टक्कबहादुर शाही भने, “लगातारको अविरल वर्षाले सडक सञ्जाल अवरुद्ध भयो , सडक नखुलेपछि स्याउ भण्डारण गरिएर राखियो , अहिले स्याउले बजार नै पाएन ,  स्याउले बजार नपाउँदा कुहिन्छ कि भन्ने चिन्ता छ ।” 

यस वर्ष स्याउको उत्पादन बढेसँगै यहाँका किसान निकै खुशी थिए । उनले भने, “छ वर्षदेखि स्याउ बेचेर घर खर्च धान्दै आएको छु ,  यसवर्ष स्याउ उत्पादन बढेको छ तर बजार पाउन समस्या परेको छ ।” स्थानीय सरकारले स्याउको बजारीकरणमा समन्वय गरिदिन उनले आग्रह समेत गरे ।  

शहरमा भने विदेशी स्याउको बिगबिगी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ